चुनावको समयमा वालिङमा कुटिएका गोतामेले पाएनन् न्याय

२०७९ जेष्ठ ४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, ४ जेष्ठ । वालिङ नगरपालिका वडा–१२ छाप लाम्पातेका भक्त गोतामेले ज्यान मार्ने धम्कि सहित एमालेका कार्यकर्ताद्धारा कुटिदा समेत वालिङ प्रहरीले सहयोग नगरेको पीडितको गुनासो छ ।

वालिङमा ब्यबसाय गर्दै आउनु भएका गोतामे घर जाने क्रममा बैशाख २८ गते राती करिब नौ साढे, नौ बजेको समयमा वालिङ् १२ भन्याङमा करिब ३०र४० जना एमाले कार्यकर्ताले कुटपिट गरेको गोतामे भनाइ छ । भागेर ज्यान जोगाउन सफल हुनुभएका उहाँको शरीरमा निल डाम छन् भने दाइने हातको जोर्नी खुस्केको छ त्यस्तै दाइने खुट्टा समेत राम्रोसँग नचल्ने उहाँको भनाइ छ ।

आक्रमणमा परे लगत्तै प्रहरीलाई खबर गर्नुभएको गोतामेलाई प्रहरीले बिहान करिब ४ बजे उद्धार गरेको थियो । प्रहरीको सहारामा वालिङ् प्राथमिक स्वास्थ चौकीको उपचार पछि गण्डकी मेडिकल कलेज पोखरामा उपचार लागि पुग्नु भएका गोतामेको सिटि इस्कयनको रिपोट भने आउन बाकी छ । कुटपिट पछि घाइते हुनुभएका गोतामे भोट हाल्नको लागि वालिङ् पुग्नुभएको थियो । भोट हालेपछि न्यायको पर्खाइमा बस्नुभएका उहाँले अहिलेसम्म न्याय नपाएको गुनासो गर्नुभएको छ । हेर्ने कुरा अनलाइन संग कुराकानी गर्दै उहाँले भन्नुभयो  “म माथी आक्रमण भए लगत्तै प्रहरीलाई खबर गरे प्रहरी पनि निकै ढिला आयो, २८ गते राती भएको घटनाको २९ गते किटानी जाहेरी सहित वडा प्रहरी कार्यलय वालिङ् मा उजुरी दिएको छु । अहिलेसम्म उजुरीको सुनुवाइ भएन ।”

उता वडा प्रहरी कार्यलय वालिङ्का डि एस।एस।पि। ढकेन्द्र खतिवडाले भने चुनावका कारण उजुरी उपर कुनै सुनुवाइ हुन नसकेको बताउनु भएको छ । उहाँले हेर्ने कुरा अनलाइनसंग कुराकानी गर्दै भन्नुभयो ” चुनावका कारण उजुरी उपर कुनै सुनुवाइ भएको छैन । अब मतगणना सकिएको छ । भोलि दुबै पक्षलाई राखेर छलफल गर्छौ ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय