स्याङ्जा, ५ जेष्ठ । अर्जुनचौपारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकाश तिवारीले ९५ वार्षिय वृद्ध बुबाबाट आशीर्वाद लिएर कार्यभार अगाडि बढाउनु भएको छ ।
बिहिवार सफथ लिनुपुर्व अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ केवरे फाटका वृद्ध बुबा बेद प्रसाद अर्यालबाट आशीर्वाद लिदै जनताको सेवा गर्नकै लागि पाएको यो जिम्मेवारी लाई अबका पाँच बर्ष तल्लीन भएका जनताको सेवामा लाग्ने तिवारीले बताउनुभयो ।
नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएपनि अब साझा भएर काम गर्ने तिवारीको धारणा थियो ।