स्याङ्जाका मुकुन्दराज आचार्यसहित ५ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस

२०७९ जेष्ठ ११, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ११ जेठ । जन्म स्थान स्याङ्जा भएका मुकुन्दराज आचार्यसहित नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले डीआईजी मुकुन्दराज आचार्यसहित पाँच जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिस सूचीअनुसार १ नम्बरमा उत्तमराज सुवेदी, दोस्रोमा अरुणकुमार विसी र तेस्रोमा दिवेश लोहोनी छन् । त्यसपछि मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् ।

यसअघि डीआईजी वसन्तकुमार लामालाई एआईजीमा एकल बढुवा गरिएको थियो । तर उमेरहदका कारण उहाँले शनिबारबाटै अवकाश पाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय