तारा एयरको जहाज खोज्न हेलिकप्टर पठाइयो

२०७९ जेष्ठ १५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १५ जेठ। पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ ।

१९ यात्रु र चालक दलका ३ सदस्यसहित २२ जना सहित बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले पुष्टि गरेका हुन् । जहाजमा विदेशी २, भारतीय ४ र १३ जना नेपाली यात्रु थिए ।

अहिले पोखरा विमानस्थलले खोजीका लागि हेलिकप्टर पठाइएको छ । पोखराबाट दुईवटा हेलिकप्टर पठाइएको तारा एयर सूचना अधिकारी सुदर्शन गड्तौलाले जानकारी दिए । विमान पाइलट गौरव घिमिरे र उत्सव पोखरेल उडाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय