मौसम खराब भएपछि ट्विनअटर खोज्न गएको हेलिकोप्टर जोमसोममै फर्कियो

२०७९ जेष्ठ १५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा , १५ जेठ । मौसम खराब भएपछि जोमसोमबाट ताराको सम्पर्कविहीन ट्विनअटर खोज्न गएको हेलिकोप्टर जोमसोम विमानस्थलमा फर्किएको छ ।

हुस्सु र पानी परेकाले खोजी र उद्धारका लागि गएको फिस्टेल एयरको हेलिकोप्टर फर्किएको पोखरा नागरिक उड्डययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले बताए ।सम्पर्कविहीन भएको ताराको ट्विनअटर खोज्न जोमसोमबाट हेलिकोप्टर परिचालन गरिएको थियो ।
मुस्ताङका डिएसपी रामकुमार दानीका अनुसार हेलिकोप्टरबाट खोजी तथा उद्धार नभएपछि हेलिकोप्टर अन्तिम समय सम्पर्कमा आएको लेते पास र धौलागिरि श्रृंखला आसपासका क्षेत्रमा प्रहरी र स्थानीय खटाइएको छ । त्यस्तै उपल्लो भेगमा रहेका गोठालाहरुसँग पनि सम्पर्क गरी ट्विनअटर देखिए नदेखिएकोबारे बुझ्न थालिएको छ ।

कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज ११ बजिसक्दा पनि सम्पर्कमा आएको छैन ।

पोखराबाट जोमसोमका लागि उडेको सम्पर्कविहीन ताराको जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना रहेको पुष्टि भएको छ । पोखरा विमानस्थलले उपलब्ध गराएको यात्रु विवरणमा १६ नेपाली र ६ विदेशी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय