स्याङ्जा चापाकोटकी कृष्मीको तारा एयरको विमान दुर्घटनामा मृत्यु

२०७९ जेष्ठ १६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,१६ जेठ । आइतबार देखि बेपत्ता भएको तारा एयरको विमान दुर्घटनामा परि स्याङ्जा चापाकोटकी कृष्मी थापाको मृत्यु भएको छ ।

विगत ५ बर्ष देखि तारा एयरलाइन्समा एयर होस्टेसको रुपमा कार्यरत कृष्मीको आइतबार भएको तारा एयरलाइन्सको दुर्घटनामा परि मृत्यु भएको हो । चापाकोट नगरपालिका ४ डुम्मा निवासी थापा मामा घरमा हुर्कनुभएको थियो । कृष्मी जन्मिए लगत्तै बुबाले घरबाट निकालेपछि आमाको सहारा मावालीघर बसेर अध्ययन गर्नु भएकी उहाँले प्लस टु सम्म स्याङ्जाको वालिङ् मा  गर्नुभएको थियो । कृष्मी संगै जहाजमा सवार २२ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पाेखराबाट जोमसोम तर्फ उडेको विमान सम्पर्क बिहिन हुन पुगेको थियो र थासाङ गाउँपालिकामा २ मा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार