जिसस स्याङ्जाका पदाधिकारीले गरे सपथग्रहणसंगै पदबहाली

२०७९ असार २, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

भवानी अधिकारी
स्याङ्जा २ असार । जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखमा नेपाली कांग्रेसका श्रीप्रसाद जिटी र उपप्रमुखमा नेकपा एमालेका खडगराज सुवेदी लगायतका ९ सदस्यले बुधवार सपथ ग्रहणसंगै पदबहाली गर्नुभएकाे  छ।

जिल्लाका ११ पालिकामा प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमा काँग्रेस र एमालेले ११ / ११ मतभार भएपछि दुई राजनीतिक दलबीचको छलफलपछि जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखको लागि गोलाप्रथाबाट चयन गरिएको हो।

गोला तान्दा नेपाली कांग्रेसले जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखमा श्रीप्रसाद जि.टी. र ३ जना सदस्य र नेकपा एमालेले उपप्रमुख सहित ४ सदस्य पाएपछि सोही बमोजिम पद बिभाजनगरी ४ दिनअघि उम्मेदवारी दर्ता गरिएको थियो।

यसैगरी, नेपाली कांग्रेसतफृका सदस्यमा नेमबहादुर राना, सरस्वती बगाले र गीता खाँण र नेकपा एमालेले उपप्रमुखमा अन्य सदस्यमा कृष्णप्रसाद सुबेदी, भोजबहादुर दर्लामी, निरमाया पराजुली र निर्मला सार्की हुनुहुन्छ।

उहाँहरू सबैका एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका उहाहरुको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश बसन्तराज पौडेलले बुधवार प्रमाणपत्र बितरण सहित सपथ ग्रहणको औपाचारिक कार्यक्रमको आयोजना गरेर स्थानीय तहको निर्वाचनका सबै काम सौहार्दपूर्ण तरिकाले सम्पन्न भएको जनाउदै सहयोग गर्नै सबैप्रति धन्यवाद ब्यक्त गर्नुभयाे।

कार्यक्रममा नवनिर्वाचित जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जि.टी, उपप्रमुख खडगराज सुवेदीले जनतमतको कदर गर्दे हरेक विकास निर्माणका कार्यमा समनवयात्मक भूमिका रहने प्रतिवद्धता जनाउनुभयाे ।

यसैगरी, निवर्तमान प्रमुख सीता सुन्दास, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, नेकपा एमालेमा अध्यक्ष सुर्यप्रसाद गैहै (पारस), नेपाली कांग्रेसका उपसभापति केदार काफले, माओवादी केन्द्रका कल्पना अर्याल, जिल्ला समन्वय अधिकारी ऋषिराम आचार्य, जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद पौडेल लगायतले समन्वयकारी भूमिका लागि प्रभावकारी बनाउदै समग्र जिल्लाको विकासमा दुबै राजनीतिक दलबीच सहकार्य र एकता गर्दै अघि बढ्नुपर्नेमा जोड दिदै आवश्यकता अनुरुप सहयोग गर्ने बताउनुभयाे।

प्रमुख जिटी नेपाली काँग्रेस स्याङ्जाका पूर्व सभापति हुनुहुन्छ। प्रजातन्त्र स्थापनाका लागि पटक–पटक जेल परेका उहाँ काँग्रेसका संस्थापक नेता वी.पी. कोइरालासँगै मुद्दा खेप्नुभएकाे थियाे । उहाँ स्याङ्जा बम काण्डका एक साक्षी हुनुहुन्छ । ७३ बर्षिय जिटीको राजनीतिक यात्रामा ३ बर्ष जेल जीवन बिताउनुभएकाे थियाे।

सुवेदी ५० बर्षिय सुवेदीको राजनीतिक यात्रा २०४३ सालमा अनेरास्वीयूको राजनीति गदै हाल नेकपा एमाले जिल्ला सचिवालय सदस्य हुनुहुन्छ। उहाँ नेकपा एमाले संघ अन्र्तगत क्षेत्र नं १ का अध्यक्ष पनि हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय