नेपाली कांग्रेस पुतलीबजार नगरकार्यसमितिद्धारा बधाई एवं सम्माान

२०७९ असार २, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

भवानी अधिकारी
स्याङ्जा २ असार । नेपाली कांग्रेस पुतलीबजार नगर कार्यसमितिले नगरभित्रबाट बिभिन्न पदमा निर्वाचित ४९ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा नेपाली कांग्रेसका जिल्ला सभापतिदेखि स्थानीय तहमा निर्वाचित वडासदस्य सम्मका हुनुहुन्छ ।

केही महिनाअघि सम्पन्न पार्टीको जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित राजु थापा, जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जि.टी, सदस्य नेमबहादुर राना पनि पुतलीबजारका हुनुहुन्छ । यसैगरी, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल लगायत १४ वडा मध्ये ९ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचित वडामा एक सदस्य वाहेक सबै वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको हो ।

सम्मान कार्यक्रमको उदघाटन गर्दे गण्डकी प्रदेश उपसभापति कल्पना तिवारीले स्थानीय तहमा झैं अव हुने प्रादेशिक र संघिय निर्वाचनमा पनि नेपाली कांग्रेसलाई बिजयी गराउन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति राजु थापाले पार्टीमा योगदान पुरयाउनु भएको सबै अग्रजको सम्मान र कांग्रेसको संगठनलाई तल्लोतहदेखि माथिल्ला तहसम्म संगठित र बलियो बनाउदै जाने बताउनुभयो ।

कार्यक्रममा समन्वय प्रमुख श्रीप्रसाद जि.टी, कांग्रेस उपसभापति केदार काफले, सचिव दामोदर लम्साल, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल, कांग्रेस प्रवक्ता भरतप्रसाद लम्साल, महासमिति सदस्यहरु कृष्णप्रसाद अर्याल, तारा मल्ल, अनिता रुचाल, प्रदेश क का सभापति केशरबहादुर खाँण (धुव), जिल्ला सदस्य हिरादेवी शर्मा, तरुण दलका सदस्य रविन केसी लगायतले शुभकामना सहित बधाई मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

नगरसभापति सुरजकुमार अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव महादेव श्रेष्ठले संचालन गर्नुभएको थियो । यही बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पुतलीबजार नगरपालिकाभित्र नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रमुख, उपप्रमुख सहित सबै जनप्रतिनिधीहरु, कार्यपालिका सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र सदस्य सबैलाई सम्मानपत्र सहितले सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय