गल्याङमा पहिरोले घर पुरिदा १ जनाको मृत्यु

२०७९ असार १६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

टिकाराम अधिकारी
स्याङ्जा,१६ असार । अबिरल बर्षाका कारण बिहिवार बिहान गल्याङ नगरपालिका वडा नं १० डुविनडाँडामा घर गोठ भत्किदा १ जनाको मृत्यु भएको छ ।

सुति रहेको अवस्थामा पहिरो जादा ढाकाराम भट्टराईको छोरी वर्ष १५ को रेखा भट्टराईको अविरल वर्षाको कारण गोठेघर भत्किदा घाईते भएको र उहाँलाई उपचारका लागि गल्याङ ल्याउदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । १६ वर्षीय लक्ष्मीकान्त भट्टराई घाइते हुनुभएको छ । गोठ भत्किदा १ लैनोभैसी, २ वटा पाठा पुरिएको स्थानीयबासीले जानकारी दिएका छन् । घटनाको थप विवरण आउन बाकी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय