काठमाडौँ , ७ भदौ । नेपाली कांग्रेसले आगामी निर्वाचनलक्षित अभियानकालागि ७७ वटै जिल्ला केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदैछ । भदौ १० गतेदेखि सुरू हुने अभियानका लागि केन्द्रीय कार्यालयले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको हो ।
प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा अभियान सञ्चालन गर्न लागेको हो । उनका अनुसार अभियान तीन चरणमा सञ्चालन हुनेछ ।
पहिलो चरणमा भदौ १० देखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुनेछ ।
कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई अभियान सुरू हुनुभन्दा दुई दिन अगावै सम्बन्धित जिल्ला पुगेर अभियानलाई सफल बनाउन निर्देशन गरेको छ । केन्द्रीय प्रतिनिधिहरू सम्बन्धित जिल्लामा कम्तिमा पाँच दिनसम्म कार्यक्रमहरूमा सहभागी हुनुपर्नेछ ।
प्रवक्ता महतले सम्बन्धित जिल्लामा रहेका सबै निर्वाचन क्षेत्रमा पुगेर त्यहाँ पार्टीको संगठन र वस्तुस्थितिको यथार्थ बुझेर आउन केन्द्रीय प्रतिनिधिहरू परिचालित गरिएको बताए । त्यस्तै, सम्बन्धित जिल्लामा गठबन्धन दलहरूबीच समन्वय र सहकार्यको स्थिति कस्तो छ भन्ने मूल्यांकन गरी थप सहजीकरण गर्न समेत निर्देशन गरेको छ ।
कुन जिल्लामा को खटिए ? [सूचीसहित]
ताप्लेजुङ्ग : आङ्गेलु शेर्पा
पाँचथर :प्रदीपकुमार सुनुवार
इलाम : महेन्द्रकुमारी लिम्बु
झापा : डिला संग्रौला
संखुवासभा : उमेशजंग रायमाझी
तेह्रथुम : लक्ष्मी परियार
भोजपुर: भीम पराजुली
धनकुटा : राजीव ढुंगाना
मोरङ : ज्ञानेन्द्रबहादुर कार्की
सुनसरी : अमृत अर्याल
सोलुखुम्बु : कल्पना चौधरी
खोटाङ :तारामान गुरुङ
ओखलढुंगा :लक्ष्मी खतिवडा
उदयपुर : बलबहादुर केसी
सप्तरी :आनन्दप्रसाद ढुंगाना
सिरहा : महेन्द्रकुमार राय
धनुषा:नगिना यादव
महोत्तरी : मञ्जु खाँण
सर्लाही : दिनेशकुमार यादव
रौतहट : अजयकुमार चौरासिया
बारा : रमेश रिजाल
पर्सा :पद्मनारायण चौधरी
दोलखा : शान्ति परियार
रामेछाप : हरिशरण नेपाली
सिन्धुली :दिलमान पाख्रिन
रसुवा : राजेन्द्र केसी
धादिङ : मदनकृष्ण श्रेष्ठ
नुवाकोट : मदनबहादुर अमात्य
सिन्धुपाल्चोक : बहादुरसिंह लामा
काभ्रे : रमा कोइराला
चितवन : श्यामकुमार घिमिरे
मकवानपुर : उमेश श्रेष्ठ
भक्तपुर : अम्बिका बस्नेत
ललितपुर :नानु बास्तोला
काठमाडौं: जीतजंग बस्नेत
गोरखा :ध्रुव वाग्ले
लम्जुङ : शंकर भण्डारी
तनहुँ ; सुरेन्द्रराज पाण्डे
कास्की : प्रदीप पौडेल
मनाङ : गुरु बराल
मुस्ताङ: कृष्णचन्द्र नेपाली पोखरेल
पर्वत :चम्पादेवी खड्का
स्याङजा : चिनकाजी श्रेष्ठ
म्यादी : दिनेश कोइराला
बाग्लुङ :अब्दुल सतार
नवपुर : सरस्वती अर्याल
नवलपरासी : मानबहादुर नेपाली
रुपन्देही :योगेन्द्र चौधरी
कपिलवस्तु : चन्द्रबहादुर केसी
पाल्पा : अब्दुल रञ्जाक
अर्घाखाँची : गोविन्दराज पोखरेल
गुल्मी : देवेन्द्रराज कँडेल
रुकुम पुर्व : धना खतिवडा
रोल्पा स् मैकुलाल बाल्मीकी
प्युठान : जावेदा खातुन जागा
दाङ : गोपाल दहित
बाँके : दिपक गिरी
बर्दिया : गेहेन्द्र गिरी
रुकुम पश्चिम : कृष्णकिशोर घिमिरे
सल्यान : सीता देवकोटा
जुम्ला : रंगमति शाही
मुगु : कान्तिका सेजुवाल
कालिकोट :जानकी सिंह
जाजरकोट : सिताकुमारी राना
दैलेख : राजीवविक्रम शाह
सुर्खेत : सञ्जयकुमार गौतम
बाजुरा : अर्जुनजंगबहादुर सिंह
बझाङ : गोविन्दबहादुर शाह
डोटी ; नृपबहादुर वड
अछाम : रणबहादुर रावल
दार्चुला : यज्ञराज जोशी
बैतडी : रमेश लेखक
डडेलधुरा :ईश्वरी न्यौपाने
कञ्चनपुर : रामजनम चौधरी
कैलाली : एनपी साउद