स्याङ्जा १७ भदौ । टेलिभिजनको पर्दा छोडी जनताको घर आगनमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछानेले बताउनुभएको छ ।स्याङ्जाकाे वालिङमा शुक्रबार भएको भेलालाइ सम्बाेधन गर्दै यस्ताे बताउनुभएकाे छ ।
लामिछानेले वालिङकाे खेलमैदानमाभएकाे भेलालाइ सम्बाेधन गदै मंसिर ४ गते सय देखि डेढ सय नेताहरुको अन्तिम चुनाव हुने दावी गर्नुभएको हो ।
लामिछानेले भन्नुभयो, ‘हामी जे भन्छौँ, त्यो पुरा गछौँ । अन्य पार्टीले जस्ता आर्दश र सिद्धान्त त हामीमा छैन् । तर ति तमान हाम्रा, आमा बुवा, दिदिबहिनी तथा दाजुभाईको आँसु पुछ्नेछौँ ।’
देशको ब्याप्त भ्रष्ट्राचारको जालो फाल्न राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको भन्दै देशमा परिर्वतन ल्याउनका लागी निति निर्माण तहमा पुग्नुपर्ने भएकाले आँफू राजनितिमा आएको उहाँले बताउनुभयो । अध्यक्ष लामिछानेले भन्नुभयो, ‘एउटाको पोल खोल्दा अर्कोको पनि खुल्ने डरले यहाँका राजनिति दलहरु भ्रष्ट्राचारको जालो फैँलाउँदैछन् । मन्दिरको गजुर बनाउँदा समेत भ्रष्ट्राचार गर्न नछाड्नेहरु भ्रष्ट्राचार निर्मुल पार्छन भन्ने विश्वास कसरी गर्ने ।’
ठुला राजनितिक दलहरुले वर्षौँदेखि जनतालाई ढाँडेर पटक पटक पदमा पुग्दा पनि देशलाई सहित मार्गनिर्देश गर्न नसकेको भन्दै लामिछानेले भन्नुभयो, ‘हामी नागरिकता विधयेकका विरोधी हौँ र एमसिसिका विरुद्ध पनि हामी छौँ ।
राष्ट्रियतामा आँच आउने कुनै निर्णय हामीलाई स्वीका¥र्य छैन् ।’ प्रदेश संरचना समेत संघियताको लागी निकै महङगो भएको भन्दै नागरिकमा भार हुने खालका कुनै काम नगर्ने आफ्नो पार्टीको सिद्धान्त रहेको उहाँले बताउनुभयो ।
पत्रकारितको माध्यमबाट धेरै नागरिकको समस्या सम्बोधनका लागी सम्बन्धीत निकायको ढोका ढकढकाउँदै न्यायको पहुँचमा पु¥याएको भएपनि देशमा दिर्घकालिन परिर्वतन ल्याउनका लागी निति निर्माण तहमै पुग्नुपर्ने देखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भएको उहाँले बताउनुभयो ।