स्याङ्जाको अकला मन्दिरको भेटी रकम चोरी

२०७९ आश्विन ४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज सुवेदी

स्याङ्जा, ४ असोज । वालिङ नगरपालिका १२ घुरुङखामा अबस्थित स्याङ्जा जिल्लाकै चर्चित अकला देबि मन्दिरको भेटी रकम चोरी भएको छ । मुल ढोकामा लगाएको ताला फोरेर भित्र रहेको दान पेटिका फुटाएर संकलन भएको दान रकम सोमबार राती चोरी भएको मन्दिरका पुजारीको भनाइ छ

दैनिक सयौं भक्तजन पुग्ने आस्थाको कारण बनेको सोही मन्दिरमा हजारौ भेटी चड्ने गर्छ। मन्दिर ब्यबस्थापन समितिले सो रकमलाइ मन्दिर बिकासको लागि खर्च गरेको थियो । भेटी कहिले देखीको र कति चोरी भएको भन्ने एकिन गर्न नसकेपछि घटनाबारे जानकारी पाएपछि अनुसन्धान सुरु गरिएको समिती अध्यक्ष भबिराज गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय