जन्मकैद ठहर भई हत्याको २१ बर्षसम्म फरार प्रतिवादी पक्राउ

२०७९ आश्विन ५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सालझण्डी , ५ असाेज । हत्या गरेका फरार प्रतिवादीलाई रुपन्देही प्रहरीले घटनाको २१ वर्षपछि पक्राउ गरेको छ । जन्मकैद ठहर भई फरार प्रतिवादीलाइ मंगलबार पक्राउ गरेको छ ।

२०५८ साल साउनको २१ गते राति २ बजे रुपन्देहीको बिष्णुपुरा गाविसको वडा नं ७ मा पसल गरि बस्ने खडकबहादुर श्रेष्ठलाई कुटपिट गरि हत्या गरेको ठहर भई हालसम्म फरार रहेका ५७ वर्षिय रामपति अहिर यादवलाई ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा गएको प्रहरी टोलिले पक्राउ गरेको हो ।

सो घटनामा संलग्नहरु भारतका विभिन्न स्थानमा लुकिछिपी रहँदै आएका थिए । रुपन्देही जिल्ला अदालतको २०७३ साल बैशाख ३० गतेको फैसला पश्चात फरार प्रतिवादीमध्येका एक रामपति यादव हाल घटनाको २१ बर्षपछि पक्राउ परेका हुन् ।

कर्तव्य ज्यान मुद्दा अन्तर्गत रहेको यो मुद्दालाई रुपन्देही जिल्ला अदालत र पुनरावेदन अदालत बुटवलले पनि बिभिन्न मितीमा मुल्तबिमा राखि २०७१ सालमा मुल्तविबाट जगाई २०७३ सालमा फैसला गरेको थियो ।

मुलुकि ऐन २०२० को ज्यान सम्बन्धि महल अनुसार जन्समकैद(२० वर्ष) सजाय भएका रामपति यादवलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि रुपन्देही जिल्ला अदालतमा पेश गरिएकोमा सोहि दिन नै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्र ना उ श्यामु अर्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय