काठमाडौमा सिटामोलको अभाव हुन थाल्यो

२०७९ कार्तिक ५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,५ कार्तिक । बढ्दै गएको डेङुका कारण काठमाडौमा सिटामोलको अभाव हुन थालेको छ । यहाँका प्राइभेट फार्मेसीहरुले सिटामोलको अभाव सिर्जना गरेको भएपनि सरकारी तथा प्रतिष्ठित हस्पिटलहरुमा पनि सिटामोलको अभाव हुन थालेको हो ।

डेङुको प्रमुख औसधिको प्रयोग हुँदै आएको सिटामोल अभाव हुन थालेपछि बिरामी र उनका आफन्त त्रसित हुन थालेको पाइएको छ । त्रि.बि. शिक्षण अस्पतालले संचालन गर्दै आएको फार्मेसीमा समेत सनिवार सिटामोलको अभाव भएको छ । अस्पतालले बिक्रीका क्रममा अभाव भएको र अभाव धेरै दिन नहुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय