काठमाडौँ, २९ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यनिर्वाचन– २०७९, केन्द्रीय परिचालन समितिमा दुई सदस्य थप गर्नुभएको छ ।
सभापति देउवाले समितिमा चण्डेश्वर वैद्य, काठमाडौँ र केशर रोकाय, सुर्खेतलाई नियुक्तगर्नुभएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गर्नुभएको समितिमा सोमबार दुई सदस्य थप गर्नुभएको हो ।