उद्धारको निरीक्षण गर्न त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा प्रधानमन्त्री र गृहमन्त्री

२०७९ माघ १, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं , १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एटीसी) र गृहमन्त्री रबि लामिछाने पनि विमानस्थल पुगेका छन् । पोखरामा भएको विमान दुर्घटनाको वस्तुस्थित बुझ्न विमानस्थलको आपतकालीन उद्धार केन्द्र र एयर ट्राफिक कन्ट्रोल रुममा गएर आफैं हेर्न गएको उनको सचिवालयले जानकारी दिएको छ ।

‘प्रधानमन्त्री आफैंले उद्धार तथा प्राविधिक कुरा बुझ्न विमानस्थल हिँड्नु भएको छ । उहाँले त्यहीँ बसेर घटनाको जानकारी लिनुहुन्छ,’ सचिवालयले भन्यो । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक समेत बोलाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय