यति एयरलाइन्सको विमान दुर्घटनामा पत्रकार महासंघका केन्द्रीय सदस्य पौडेल पनि परेको पुष्टि

२०७९ माघ १, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १ माघ। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका छन् । उनी काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका हुन् । करिब ४ वर्षअघि विवाहित पौडेलका एक छोरा रहेका छन् ।

कास्की प्रहरीले पत्रकार पौडेल दुर्घटनामा परेको पुष्टी गरेको छ । उनको अवस्थाबारे आधिकारिक जानकारी दिइएको छैन ।
विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए । हालसम्म ६४ शव निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय