श्री जनहित मावि स्याङ्जाद्वारा हाजिरी जवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न

२०७९ माघ ९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा ,९ माघ । स्याङ्जाको कालीगण्डकी १ मा अवस्थित श्री जनहित माविले स्थापना कालको ६४ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसर पारेर अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा अन्तर आधारभूत विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगितामा हाजिरी जवाफ प्रतियोगितामा १२ समूहले भाग लिएका थिए भने अन्तर आधारभूत विद्यालय स्तरीय चित्रकला प्रतियोगितामा १० वटा विद्यालयले सहभागिता जनाएका थिए।

भूपू विद्यार्थी मंच श्री जनहित माविको आर्थिक संयोजनमा गरिएको उक्त प्रतियोगितात्मक हाजिरी जवाफ कार्यक्रम १२ वटा विद्यालयहरु मध्ये विरेन्द्र मावी प्रथम , भगवती नमूना मावी द्वितीय , श्री जनहित मावी तृतीय र श्री मिर्मी आधारभूत विद्यालयले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए। यस्तै गरि चित्रकला प्रतियोगितामा १० वटा समूहहरु मध्ये श्री मिर्मी आधारभूत विद्यालयकि भावना भट्टराई प्रथम , श्री जनहित माविकि किन्जल पचभैया द्वितीय , अमरदीप आधारभूत विद्यालयका वसन्त सुनार तृतीय र चन्द्रोदय आधारभूत विद्यालयका वसन्त विकले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए । प्रतियोगितामा हाजिरी जवाफ तर्फ प्रथम पुरस्कार रु ८,०००/( हजार र प्रमाणपत्र , द्वितीय पुरस्कार रु ५,०००/( र प्रमाणपत्र , तृतीय पुरस्कार (रु ३,०००/( र प्रमाणपत्र र सान्त्वना पुरस्कार रु १,५००/( र प्रमाणपत्रको वयवस्था गरिएको थियो ।

यस्तै गरि चित्रकला तर्फ प्रथम पुरस्कार रु ५,०००र( र प्रमाणपत्र , द्वितीय पुरस्कार रु ३,०००/( र प्रमाणपत्र , तृतीय पुरस्कार रु २,०००/( र प्रमाणपत्र र सान्त्वना पुरस्कार रु १,०००/प्रमाणपत्रको व्यवस्था गरिएको थियो।

कार्यक्रममा बोल्दै कालीगण्डकी गाउँपालिकाका शिक्षा शाखा सहायक अनिल ढुंगानाले श्री जनहित माविले शैक्षिक क्षेत्रमा एउटा उल्लेख कार्यक्रमको आयोजना गरेको बताउनुभयो । पालिकाले समेत यस्ता खालका प्रतियोगितात्मक कार्यक्रम हरुको आयोजना गर्नु पर्ने बताउदै ढुंगानाले यश तर्फ पालिकाले ध्यान दिने समेत बताउनु भयो।

सोही कार्यक्रम बोल्दै भूपू विद्यार्थी मंच श्री जनहित माविका अध्यक्ष यम सोमैले आगामी दिनहरुमा शैक्षिक कार्यक्रमलाई निरंतरता दिने बताउदै यो कार्यक्रमले विद्यार्थीहरुमा शैक्षिक प्रतिस्पर्धाको भावना विकास हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय