कालीगण्डकीमा सङ्घीयतासँगै विकासको फड्को

२०७९ फाल्गुन २७, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, २६ फागुन । देशका कतिपय स्थानमा सङ्घीयताको विरोध गरिरहँदा स्याङ्जाको कर्णालीका रूपमा परिचित कालीगण्डकी गाउँपालिकाले भने देशको पछिल्लो राजनीतिक संरचना परिवर्तनपछि विकासमा फड्को मारेको छ ।

स्रोतको पहुँच कम भएकी यी पालिकामा सरकारवाट प्राप्त बजेटलाई सदुपयोग गरिएपछि विकासले गति लिएको जनप्रतिनिधिको दावी छ । पालिकामा गएको पाँच वर्षमा साढे पाँच अर्व रुपियाँ वरावरका योजना सम्पन्न गरिएको पालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । पाँच वर्षमा ३२ किलोमिटर सडक कालोपत्रे भएको छ भने आगामी एक वर्षमा ४२ किलोमिटर सडक थप पिच हुने अवस्थामा पुगेको थापाले बताउनुभयो ।

पालिकाको वडा नं. २ बाहेक सबै वडा कार्यालयसम्म कालोपत्रे सडकले जोडिएको छ। वडा नं. २ को कार्यालयमा पनि यो आर्थिक वर्षभित्र कालोपत्रे हुने उहाँले बताउनुभयो । पालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधारको विषयमा महत्वपूर्ण प्रगति गरेको उहाँको दावी छ ।

पालिकाभित्र रहेका एक दर्जन पर्यटकीय गन्तव्यका लागि २५ करोडको डीपीआर बनाएर काम भइरहेको बताइएको छ। पालिका आफैँले २४ रोपनीमा ड्रागन फुड लगाएर कृषकलाई प्रोत्साहन गरेको छ भने पालिकामा जन्मेका सबैलाई निःशुल्क स्वास्थ्य बीमा लागू गरिएको छ । यहाँ पालिकालाई ग्यास चुलो मुक्त बनाउने योजनामा इन्डक्सन चुलोलाई प्राथमिकतामा राखिएको छ ।

पालिकामा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दा निजी विद्यालयमा विद्यार्थी घट्दै गएको थापाको भनाइ छ । कालीगण्डकीमा रहेका ३९ विद्यालयमध्ये ३५ वटा सामुदायिक र चारवटा मात्र संस्थागत विद्यालय छन्। पालिकामा सबै काम विवादरहित ढङ्गले जनतामा पुगेर काम गर्ने गरेको बनाउँदै गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोइरालाले जनता नै जनप्रतिधिको सर्वोपरि रहेको बताउनुभयो ।

यहाँ एक घर एक धाराु अभियानलाई प्राथमिकतामा राखेर सबै नागरिकलाई पानी । खुवाउने काम अन्तिम चरणमा पुयाएको छ पालिकामै सबै स्वास्थ्य सेवा दिने उद्देश्यले १५ शय्याको अस्पताल बनाइँदै छ । पालिकामा सबै वडामा वडा कार्यालय बनेको छ भने पालिकाको आफ्नो नयाँ भवन बनेको छ ।

यो खबर आजको गोरखापत्रमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय