काठमाडौँ, २९ चैत । सांसद ज्ञानबहादुर शाहीले जुम्लासहित कर्णाली प्रदेशमा ठूलो सङ्ख्यामा मानिसहरु मिटर ब्याजको चपेटामा परेकोबारे सदनको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “वास्तविक मिटर ब्याजीको काम सरकारले नै गरिरहेको छ, विकाससहित पूर्वाधार निर्माणमा लगाउनुपर्ने पैसा सरकारी खातामा राखेर ब्याज खाइरहेको छ, सरकारको ब्याज खाने कार्यले विकास निर्माणका ठप्प भएको र ठेकेदारले रकम निकासा पाउन नसकेको अवस्था छ ।”

