स्याङ्जा जिल्लाबासीहरु युरोपमा भेला हुँदै

२०८० बैशाख १९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रभा पाण्डे

स्याङ्जा, १९ बैशाख । विभिन्न पेशा व्यवसाय तथा शैक्षिक एवम् विभिन्न कारणले यूरोप पुग्नु भएका स्याङ्जा जिल्लाबासीहरुकाे प्रथम क्षेत्रिय युरोप भेला मे ७ र ८ गते पर्चुगलमा हुने भएकाे छ ।

स्याङजा सहयोग समाज यूरोप कमिटी आयोजनामा भेला सम्पन्न हुन लागेको संयोजक रामचन्द्र शर्माले हेर्ने कुरा डटकममा बताउनु भयो । भेलामा देश बाहिर रहेका स्याङ्जा जिल्लाबासीहरुको उपस्थिती रहने स्याङ्जा सहयोग समाज अन्तराष्टिय समन्वय समितिका उपाध्यक्ष हेमन्त रानाभाटले जानकारी दिनुभयो । भेला भौतिक र भर्चुअल दुबै माध्यमबाट सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार