सुरक्षीत आप्रबास सम्बन्धि संचेतना जगाउनु पर्छः नगर उपप्रमुख न्यौपाने

२०८० जेष्ठ ११, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, ११ जेष्ठ । बैदेशिक रोजगारलाई सुरक्षित,व्यवस्थित र मर्यादित बनाउने पक्षमा संचेतना वितिय सारक्षरता र मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरेर गल्याङ नगरपालिका अगाडि वढेको गल्याङ नगरपालिकाका नगर उपप्रमुख हेमा न्यौपानेले बताउनु भयो ।

बुधबार स्याङ्जाको गल्याङ नगरपालिकाको आयोजनामा गल्याङ नगरपालिकाको सभाहलमा भएको सुरक्षित आप्रवासन (सामी)कार्यक्रम अन्र्तगत सरोकारवालाहरु संग सामाजिक लागत विषयक १ दिने अभिमुखीकरण कार्यक्रमको समापन गर्दै सो कुरा बताउनु भयो ।

उहाँले भन्नु भयो यस्ता कार्यक्रममले बैदेशीक रोजगारीबाट प्राप्त हुने प्रतिफललाई बढाउनुका साथै सामाजिक लागतलाई घटाउने तीनै तहका सरकारको संयुक्त प्रयासमा यस्ता कार्यक्रम गाउँ गाउँमा सञ्चालन गरेर धेरै भन्दा धेरै जनसमुदायसंगै बैदेशीक रोजगारमा रहेकाहरुलाई लक्षित गरेर सीपमूलक कार्यक्रम वित्तिय साक्षरता कार्यक्रम र मनोसामाजिक परामर्श क्याम्पस लेबलमा समेत सञ्चालन गर्ने सोचका साथ अगाडि वढेको नगर उपप्रमुख हेमा न्यौपानेले बताउनु भयो ।

रोजगारमा रहेका परिवारलाई बचत गर्नेबानीको विकास गरि खर्च कटौती गर्ने र विदेशी भूमिमा कमाएको पैसालाई सहि सदुपयोग गरेर जीवन यापनमा लगाउने जस्ता क्षेत्रमा पनि ध्यान दिन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा गल्याङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सञ्जिव पन्त, गण्डकी प्रदेश कार्यक्रम अधिकृत रोजलिङ कुमारी सिंङ,सामाजिक शाखा प्रमुख ढाल बहादुर केशी, प्रधानमन्त्री स्वरोजगार शाखाका सहायक खगेन्द्र भण्डारी लगायतले बोल्नु भएको थियो ।

गल्याङ नगरपालिका ११ वडा भित्रका २२ जना स्वास्थ्य स्वयमसेवीका, सुरक्षाकर्मी,पत्रकार लगायत ३६ जनाको सहभागीता रहेको कार्यक्रमको सहजिकरण गण्डकी प्रदेश कार्यक्रम अधिकृत रोजलिङ कुमारी सिंङ, गण्डकी प्रदेश वित्तिय साक्षरता संयोजक जुना केसी,मनोसामाजिक सुपरभाईजर लक्ष्मी तामाङले सहजिकरण गर्नु भएको सुरक्षित आप्रवासन (सामी) गल्याङ शाखाका प्रमुख कल्पना भट्टराई बस्यालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार