स्याङ्जाका ११ स्थानीय तहमध्ये १० काे मात्र बजेट प्रस्तुत,बिरुवा गाउँपालिले भने बजेट ल्याउन सकेन

२०८० असार ११, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा ,११ असार । स्याङ्जाका ११ वटा स्थानीय तहमध्ये १० वटाले मात्र आगामी आर्थिक वर्षका लागि बजेट सार्वजानिक गरेका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार हरेक स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार यहाँका पालिकाहरुले बजेट गाउँ/नगर सभामा प्रस्तुत गरेका हुन् ।

आँधीखोला गाउँपालिकाले आगामी आवको लागि ६२ करोड ९ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । जसमा चालुतर्फ कार्यालय संचालन र प्रशासनिक खर्चमा ७ करोड ४५ लाख, आर्थिक, सामाजिक, सुशासन न्याय र समावेशीकरणतर्फ ३ करोड ५१ लाख २० हजार र पुँजीगततर्फ १३ करोड १५ लाख रहेको छ । गाउँपालिकाका अध्यक्ष विश्व पौडेलका अनुसार ससर्त अनुदानतर्फ ३७ करोड ९८ लाख रहेको छ ।

यस्तै, अर्जुनचौपारी गाउँपालिकाले ४४ करोड ६९ लाखको बजेट सार्वजानिक गरेको छ । पालिका प्रमुख प्रकाश तिवारीका अनुसार चालुतर्फ २६ करोड ७६ लाख र पुँजीगततर्फ १७ करोड ९३ लाख रहेको छ ।

जिल्लाकै मुख्य व्यापारी केन्द्र रहेको वालिङ नगरपालिकाले १ अर्ब ८ करोड ८९ लाख ८३ हजार बजेट सार्वजानिक गरेको छ । नगर प्रमुख कृष्ण खाँणका अनुसार चालुतर्फ ६० करोड ५६ लाख ७१ हजार र पुँजीगततर्फ ४७ करोड ३३ लाख ५१ हजार बजेट ल्याइएको छ ।

यसैगरी गल्याङ नगरपालिकाले ८१ करोड ४४ लाखको बजेट सार्वजानिक गरिएको नगर प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयाे । उहाँका अनुसार चालुतर्फ १५ करोड ५६ लाख, सामाजिक विकासतर्फ ३६ करोड २० लाख र आर्थिकतर्फ ८ करोड ९२ लाख रहेको छ भने पुँजीगततर्फ १५ करोड ४ लाख बजेट छुट्याइएको छ ।

कालीगण्डकी गाउँपालिकाले ५४ करोड ५४ लाख ५४ हजारको बजेट सार्वजानिक गरेको छ । गाउँपालिका प्रमुख खिम थापाका अनुसार चालुगततर्फ ३४ करोड २६ लाख र पुँजीगततर्फ २० करोड १८ लाख रहेको छ ।

यस्तै, हरिनाश गाउँपालिकाले ४३ करोडको बजेट सार्वजानिक गरेको पालिका प्रमुख खिमनारायण मानान्धरले बताउनुभयाे । भीरकोट नगरपालिकोले ७८ करोड ८२ लाख १६ हजारको बजेट सार्वजानिक गरेको छ । प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले चालुतर्फ ९८ करोड १५ लाख १६ हजार र पुँजीगततर्फ २० करोड ७७ लाख बजेट ल्याइएको बताउनुभयाे । भीरकोटले ८ र हरिनासले भने असार ५ गते नै बजेट ल्याएका हुन् ।

यसैगरी फेदीखोला गाउँपालिकाले ३९ करोड ८० लाख ८० हजारको बजेट सार्वजानिक गरेको छ । चालुतर्फ २७ करोड ४३ लाख २५ हजार र पुँजीगततर्फ १२ करोड ३७ लाख ५५ हजारको बजेट सार्वजानिक गरेको छ ।

चापाकोट नगरपालिकाले पनि आइतबार ६५ करोड ६७ लाख १७ हजारको बजेट ल्याएको छ । पुतलीबजार नगरपालिकाले १ अर्ब ४० करोड २३ लाख २८ हजारको बजेट सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयाे । उहाँका अनुसार चालुतर्फ ९४ करोड ५८ लाख ८६ हजार र पुँजीगततर्फ ४५ करोड ६४ लाख ८५ हजार रहेको छ ।

करारका कर्मचारीलाई बर्खास्ट गर्नुपर्ने माग राख्दै कार्यपालिकाको बैठकमा विरोध भएपछि बिरुवा गाउँपालिको भने बजेट ल्याउन सकेको छैन । शनिबार बसेको बैठकमा विरोध भएपछि मंगलबार पुनः सभा बोलाइएको गाउँपालिका प्रमुख सूर्य कुँवरले जानकारी दिनुभयाे । उहाँका अनुसार कानुनी व्यवस्थाअनुसार स्थगित भएको ३ दिनपछि सभा बोलाउनुपर्छ । त्यस दिनमा पनि स्थगित भएमा पुनः २ दिनपछि बोलाउनुपर्ने प्रावधान छ । उहाँले विकास निर्माणका योजनामा कुनै समस्या नभएको भन्दै करारका कर्मचारीलाई तत्काल हटाउन नमिल्ने बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार