नारायण भण्डारी
स्याङ्जा, २० असार । स्याङ्जाको गल्याङ नगरपालिका ३ गल्याङमा जगत्रदेवी साहित्य सङ्गमको तेस्रो अधिवेशन तथा कविता बाचन कार्यक्रम सम्पन्न भएको छ ।
गल्याङ बहुमुखी क्याम्पसको सभाहलमा गरिएको उक्त कार्यक्रम यसै संस्थाका अध्यक्ष सुर्य प्रसाद डुम्रेको अध्यक्षतामा कार्यक्रम सन्चालन गरिएको थियो । प्रमुख आमन्त्रित ब्यक्तित्वको रूपमा गल्याङ नगरपालिका प्रमुख गुरु प्रसाद भट्टराई बाट सरस्वतीको तस्बिरमा अबिर अर्पण तथा दिप प्रज्वलन सहित कार्यक्रम सुभारम्भ गरिएको थियो ।
जगत्रदेवी साहित्य सङ्गमको स्वागतमा नारायण प्रसाद ज्ञवालीले गर्नु भएको थियो । वहाँले साहित्यप्रती लक्ष्यित गरि साहित्यको बारेमा चर्चा गर्नु भएको थियो । बिगत वर्ष देखि आर्थिक बर्षको प्रतिवेदन तथा कार्यक्रम को बारेमा सभापति सुर्य प्रसाद डुम्रेले पेश गर्नुभएको थियो । बि।स। २०६४ सालमा जगत्रदेवी साहित्य सङ्गमको जिल्ला प्रशासन कार्यालय स्याङ्जामा दर्ता गरि निरन्तर गरिएको तथा समय समयमा साहित्य कार्यक्रम संचालन, विभिन्न काब्य कृति प्रकाशन तथा बिमोचन, साहित्य सम्मेलन समेत गरिएको एवम् विभिन्न जिल्ला तथा स्थानीय तहमा आफ्नो कृति प्रस्तुतिकरण गर्दै आइरहेको छ ।
कविता तथा गजल वाचनमा विभिन्न ठाउँबाट आफ्नो सिर्जना प्रस्तुत गर्नआउनु भएको थियो । साहित्यका स्रस्टाहरुमा सिर्जना खनाल, स्मारिका अर्याल, सिजन अर्याल,डिल्लीराम अधिकारी, नारायण बिश्वकर्मा, उदय अदित, लिलावल्लौ अर्याल, डिल्लीराम भण्डारी, शम्भु अर्याल, प्रेमबन्धु सुवेदी, मिलन समीर, लेखनाथ चापागाईं आफ्नो सिर्जना प्रस्तुत गर्नु भएको थियो ।
जगत्रदेवी साहित्य सङ्गमले गरेको कार्यको सम्मान गर्दै कार्यक्रमको सफलताको शुभकामना गल्याङ बहुमुखी क्याम्पसका सहायक रिखिराम भण्डारीले दिनुभएको थियो ।
प्रमुख आमन्त्रित ब्यक्तित्वको रूपमा गल्याङ नगर प्रमुख गुरु प्रसाद भट्टराईले उज्यालो भबिस्यको खोजबाट साहित्यले गरेको योगदान, सकारात्मक चिन्तन उजागर गर्ने , समाजमा रहेकोे बिध्यमान अवस्था लाई चित्रण गरेको , स्थानीय स्तरमा रहेकोे धर्म, कला, भाषा, संस्कार संस्कृतिले समाज परिवर्तनको बाटो खोजीमा रहेको र त्यसलाई गन्तव्यमा पुर्याउनु स्रस्टाको धर्म भएकोले निरन्तरता दिन आग्रह गर्नु भयो । मानव कर्मको बोध, जीवनजगत तथा परिवारमा आइपुगेको समस्याको बिसयमा, नगर परिवर्तनको सन्दर्भमा एवम् प्रबिधि तिर घुलमिल हुनुपर्ने, भाषालाई सरल र सहज यात्रामा लानुपर्ने , साहित्य समाजको ऎनाको रूपमा प्रस्तुत हुनुपर्ने मर्म र भावना अनुरुपको समृद्ध समाजको परिकल्पनामा लाग्नुपर्ने,समग्र गल्याङ्को समृद्धि र बिकासका लागि एकता गरि सहयोगि भुमिका खेल्ने कुरामा कटिबद्ध भइ लाग्ने जानकारी दिनुभयो । उक्त कार्यक्रम चण्डी प्रसाद भट्टराईले कार्यक्रम संचालन गर्नु भएको थियो । गल्याङ बहुमुखी क्याम्पसको सभाहलमा गरिएको कार्यक्रममा करिब ४५ जना स्रस्टाहरुको सहभागिता रहेकोे थियो । दोस्रो अधिबेशनबाट चयन गरिएको कार्यसमितिलाई विघटन गरि नारायण प्रसाद ज्ञवालीको अध्यक्षतामा नयाँ १७ सदस्यीय कार्यसमिति गठन गरिएको थियो ।