त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा निलम्बित

२०८० श्रावण ४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं , ४ साउन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भन्सार कार्यालयका अधिकृत सन्तोष चन्द र नायब सुब्बालाई निलम्बन गरेको छ ।

प्रारम्भिक चरणमा एक सय किलो सुन जाँच पासमा संलग्न अधिकृत र नायब सुब्बालाई निलम्बन गरेको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताउनुभयो।

सुन बरामद प्रकरणमा उक्त विमानस्थलको भन्सार कार्यालयका अधिकृत चन्द र नायब सुब्बा (नाम नखुलाइएको) लाई निलम्बन गरिएको छ ।

राजस्व अनुसन्धान विभागका एक अधिकारीका अनुसार भन्सार अधिकृत चन्द र नासुलाई निलम्बन गरिएको हो । उहाँहरू दुवै सुन भन्सार पासमा संलग्न देखिएकाले निलम्बन गरिएको छ ।

हिजो (बुधबार) एक अर्ब रुपियाँभन्दा बढी मूल्य बराबरको सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन समेत थालेको छ ।
यो प्रकरणमा एक भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् ।

बरामद भएको सुनको परिमाण भने एकिन भइसकेको छैन । विभागले बरामद भएको सुन जोख्न आज राष्ट्र बैंक लैजाने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय