पोल्‍याण्ड पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा एक पक्राउ

२०८० श्रावण ८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ, ८ साउन। पोल्‍याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्‍चनपुरको कृष्णपुर नगरपालिका(२ घर भई हाल हाल ललितपुरको महालक्ष्मी नगरपालिका १ बस्‍ने ४२ वर्षीय पुष्पराज जोशी रहेका छन् ।

उहालाई अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उहालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिनुुभयो।

जोशीले पोल्याण्ड पठाइदिन्छु भन्‍दै पटक पटक गरेर पीडितसँग १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय