नेपालमा बन्यो एनिमेटेड चलचित्र ‘सलिना : योद्धा राजकुमारी’

२०८० श्रावण १८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १८ साउन । नेपालमा एनिमेटेड चलचित्र बनेको छ । ‘सलिना ः योद्धा राजकुमारी’ नाम दिइएको चलचित्रको केही झलकसमेत सार्वजनिक गरिएको छ । राजकुमारी र राक्षसनीबीचको लडाइँको लोककथामा आधारित चलचित्र निर्माण हुन छ वर्ष लागेको सम्पादक शिव पुरीले जानकारी दिनुभयो ।

“यो हाम्रो लागि नयाँ प्रयाश पनि हो, यस्ता चलचित्रको भविष्य के कस्तो छ भन्ने यसले निर्धारण गर्नेछ”, सम्पादक पुरीले भन्नुभयो । रेनमेकर एनिमेसन र भिजुअल इफेक्ट एकेडेमीले संयुक्त रुपमा तयार पाएको चलचित्रलाई तेजशराज जोशीले निर्देशन गर्नुभएको छ ।

सम्पादक पुरीसँगै श्रुति श्रेष्ठले सम्पादन गर्नुभएको चलचित्रमा सगिन महर्जन, अविनाशसिंह थारु र शिरभा मानन्धर ग्राफिक्स कलाकार हुनुहुन्छ । कृष्मा राजकर्णिकार, लजिना श्रेष्ठ, बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइँकेल, झरना राई, तेजशराज जोशी, सुशील नेपाल, देव न्यौपाने, युविन पुजारी, जुना थापा, कुमार न्यौपानेलगायतले स्वराङ्कन गर्नुभएको चलचित्रलाई निर्देशक जोशी र सम्पादक श्रेष्ठले निर्माण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार