स्याङ्जामा जिप दुर्घटना , तीन घाइते

२०८० श्रावण २१, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा , २२ साउन । स्याङ्जाको भिरकोट नगरपालिका २ पेघा िस्थत भित्री सडक खण्डमा आज विहान १२:३० बजे दुर्घटना हुदा तीन जना घाइते भएका छन । पेघाबाट दहथुमतर्फ जादै गरेको ग १ज ६२५० नम्बरको जिप न्युटलमा राखि चालक झरेको बेलामा आफै अगाडि गई सडकबाट ५० मिटर तल खसी दुर्घटना भएको हो ।

दुर्घटना घाइते स्याङ्जा जिल्ला बिरुवा गा पा ७ बस्ने २६ बर्षकि गौमाया गुरुङ घाइते हुनुभएको छ ।उहाको छातिमा भित्री चोट लागेको छ । त्यस्तै गौमाया गुरुङकि ९ महिनाकि छोरि जेनिसा गुरुङ घाइते भएकि छन र उनलाई निधारमा चोट लागेको छ । भने घाइते हुनेमा भिरकोट न पा ३ बस्ने ३० बर्षकि दिलमाया थापा घाइते हुनुभएको छ र उहाको शरिरमा भित्री चोट लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

खनालका अनुसार घाइते अवस्था सामान्य रहेको छ ।
जिपमा सवार चालक सहित ४ जना रहेका थिए । चालक फरार रहेका छन । र थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय