काठमाडौँबाट स्याङ्जाको वालिङ जादैँ माइक्रो र बस छङछाङ्दीमा ठोकियो,१० जना भन्दा धेरै घाईते

२०८० श्रावण २२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २२ साउन । स्याङ्जाको भिरकोट नगरपालिका ४ छङछाङ्दीमा माइक्रो र बस एक आपसमा ठोकिएका छन् दुर्घटनामा परि १० जना भन्दा धेरै घाईते भएका छन् ।

काठमाडौँबाट स्याङ्जाको वालिङ जादैँ गरेको बा ३ प १००३ नम्बरको माइक्रो बस र बुटवलबाट पोखरा जाँदै गरेको भारतीय पर्यटक चढेको भारतीय बस सोमवार दिउसो एक आपसमा ठोकिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुशार दुर्घटनाको विवरण संकलन गर्ने काम भईरहेको छ । पूरा विवरण आउन बााकी नै छ । घाईतेहरुको उद्धार कार्य पनि जारी रहेको छ । घाइतेमध्ये माइक्रो बसका चालक र सहचालकलाई उपचारका लागि पोखरा पठाईएको छ बाँकी सबै जनाको गह्रौ प्राथमिक अस्पताल वालिङ मा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय