काठमाडौँबाट गल्याङ जाँदै गरेकाे हाइस दुर्घटना:हाइसमा सवार १३ घाइते,बसमा सवार सबै सकुशल (नामावलीसहित)

२०८० श्रावण २२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, २२ साउन । स्याङ्जाको भिरकोट नगरपालिका ४ छङछाङ्दीमा माइक्रो र बस एक आपसमा ठोकिँदा तेह्र जना घाइते भएका छन् ।

काठमाण्डौबाट गल्याङ तर्फ जादैँ गरेको बा ३ प १००३ नम्बरको माइक्रो र बुटवलबाट पोखरा जाँदै गरेको इण्डियन नम्बर पिलेटको GJ05BX2323 बस भिरकोट न.पा. ४ गौराथोक स्थित सिद्धार्थ राजमार्गमा एक आपसमा सोमबार दिउँसो करिब ५.३० बजे ठोकिँदा तेह्र जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

घाइतेमध्ये डोटीको दिपायल सिलगढ़ी नगरपालिका घर भई अस्थायी रुपमा स्याङ्जा बस्ने माइक्रो चालक पुर्ण बहादुर बोहरा (पूरन) लाई थप उपचारको लागि पोखरा पठाइएको छ भने बाँकी सबै जनाको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

घाईतेहरूकाे विवरण
प्रा.स्वा.के.वालिङ स्याङ्जामा उपचार भईरहेकोः-
1) जिल्ला स्याङजा जिल्ला स्याङजा वालिङ न.पा.२ बस्ने बर्ष ३७ कि पबित्रा सोनाम,दाया खुट्टामा चोट, मध्यम ।
2) ऐ.ऐ.वडा नं.९ बस्ने बर्ष ५८ को दुर्गा ब.गुरुङ, बाँया खुट्टामा चोट, मध्यम ।
3) ऐ.ऐ.२ बस्ने बर्ष २३ कि मुना गुरुङ, दुबै खुट्टामा चोट, मध्यम ।
4) ऐ.ऐ.१३ बस्ने मन्जु एस. के. अनुहार कम्मरमा चोट, मध्यम ।
5) ऐ.ऐ. ८ बस्ने बर्ष ३५ की सरीता रेग्मी, टाउको र खुट्टामा चोट, मध्यम ।
6) ऐ.भिरकोट न.पा.हाल वालिङ न.पा.१ बस्ने बर्ष ६६ को मनसुभा नेपाली, टाउकोमा चोट ।
7) ऐ.चापाकोट न.पा.३ बस्ने बर्ष ४७ को बेद ब.थापा, दुबै खुट्टामा चोट, मध्यम ।
8) ऐ.ऐ.४ बस्ने बर्ष ४० मिन ब.सारु, अनुहार कम्मरमा चोट, मध्यम ।
9) जिल्ला पर्बत बिहादी गा.पा.४ बस्ने बर्ष ७९ को रुकमागत भुसाल, बाँया खुट्टा र कम्मरमा चोट, मध्यम ।
10) ऐ.ऐ.६ बस्ने बर्ष ५३ को टेक ब.बस्याल, दुबै खुट्टामा चोट, मध्यम ।
11) वालिङ न.पा.२ बस्ने बर्ष २३ कि सुमित्र थापा मगर, दुबै खुट्टा र बाया हातमा चोट, मध्यम ।

थप उपचारको लागि पोखरा तर्फ पठाईएको घाईतेहरुः-

12) हाईस चालक जिल्ला स्याङजा गल्याङ न.पा.बस्ने बर्ष ४० को पुरन बोहोरा, दुबै खुट्टामा चोट, मध्यम, पोखरा तर्फ उपचारको लागि पठाईएको ।
13) सहचालक को नाम थर वतन नखुलेको शरीर चोट, मध्यम, पोखरा तर्फ उपचारको लागि पठाईएको ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय