दोलखाको गोपीखोलामा बस दुर्घटना, १५ घाइते

२०८० श्रावण २६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दोलखा २६ साउन । दोलखाको वैत्यश्वर र तामाकोशी गाउँपालिकाको सिमाना गोपीखोलामा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । वैत्यश्वर( १ गैरीमुदीबाट काठमाडौंका लागि छुटेको बा २ ख ५४२९ नम्बरको को यात्रुवाहक बस गोपीखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान ९ बजेतिर अनियन्त्रित भएर बस सडकबाट ४० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरूको प्रहरी र स्थानीयले उद्धार गरेर उपचारका लागि सदरमुकाम चरिकोट पठाएका थिए । घाइतेहरूको चरिकोटमा उपचार भइरहेको छ । केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय