धादिङ र गोरखा जोडने झोलुङ्गे पुलमा क्षति

२०८० श्रावण २९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

साबित्री अधिकारी
धादिङ २९ , साउन । केहि दिन देखिको अविरल बर्षापछी बढिरहेको त्रिशुलिले धादिङ र गोरखा जोड्ने बेनिघाट रोराङ १० को झोलुङ्गे पुलमा क्षति पुर्याएको छ ।

२०६८ सालमा तुइन बिस्थापित गरि निर्माण गरिएको उक्त झोलुङ्गे पुलमा क्षति हुदा ९४ घरधुरीलाई आवत जावातमा प्रत्यक्ष असर गरेको छ । एस्तै माझिमटार स्थित शङ्खादेबि माध्यमिक बिद्यालयमा पढ्न आउने विद्यार्थीहरु समेत पढ्न आउन सक्ने अवस्थामा छैनन् । नेपाल चेपाङ संघको पटक पटक ध्यानार्कषण पछी बाबुराम भट्टराईको सरकार हुँदा बनेको उक्त झोलुङ्गे पुल क्षति हुँदा पुरै गाउँ आवत जावतमा समस्यामा रहेकोे शङ्खादेबि माध्यामिक बिद्यालय शिक्षक तिलक चेपाङले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय