वालिङमा मोटरसाइकलले ठक्कर दिँदा दिदिबहिनी घाइते

२०८० भाद्र ३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ३ भदौ । स्याङ्जाको वालिङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा दिदिबहिनी घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार वालिङ नगरपालिका ९ सरकउदीस्थित भित्री सडकमा लु ४७ प ४०९८ नम्बरको मोटरसाइकलले आइतबार दिउँसो ठक्कर दिँदा दिदिबहिनी घाइते भएका हुन् ।

घाइते हुनेमा भिरकोट नगरपालिका ५ बस्ने सरस्वती कुवरको छोरीहरु नौ बर्षीय सिया कुवर र चार महिनाकी रिया कुवर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।

सरस्वती कुवरको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ भने उनको बहिनीलाई गण्डकी मेडिकल कलेज पोखरामा रिफर गरिएको छ ।

प्रहरीले मोटरसाइकल र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय