गोरखाकाे बीच सडकमा शंकास्पद बस्तु,बस्तुसंगै हँसिया हथौडा अंकित झण्डा,सेनाको बम डिस्पोज टोली जादै

२०८० भाद्र १६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

साबित्री अधिकारी

धादिङ,१६ भदौ । गोरखा सदरमुकामको मुख्य सडकमा कुकर बम जस्तै देखिने शंकास्पद बस्तु भेटिएको छ । गोरखा नगरपालिका ९ कट्टेलचोकको बीच सडकमा शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयाे ।

शंकास्पद बस्तुसंगै हँसिया हथौडा अंकित झण्डा पनि छाडिएको छ । बिहान पाँच बजे सर्वसाधारणले प्रहरीमा खबर गरेका उहाँले बताउनुभयाे ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली सो स्थानमा पुगेर सुरक्षा घेरा दिएको छ । केही समयमा नेपाली सेनाको बम डिस्पोज टोली आएर डिस्पोज गर्ने तयारी गरिरहेको एसपी श्रेष्ठले बताउनुभयाे ।

सडकमा शंकास्पद बस्तु भेटिएपछि गोरखा सदरमुकामको मुख्य मार्ग हुदै चल्ने सबै सवारी साधन बन्द रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार