भुकम्पमा परी उपमेयरको निधन

२०८० कार्तिक १८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज सुवेदी
काठमाडौँ, १८ कार्तिक । भुकम्पमा परि गम्भिर घाईते हुनुभएकी जाजरकोटको नलगाड नगरपालिकाकी उप प्रमुख सरिता सिंहको मृत्यृ भएको छ।

जाजरकोटको सदरमुकाम खलंगामा रहेकी सिंह गएराति सुक्रवार ११ः४७ मा गएको भुकम्पमा भत्केको संरचनामा परि गम्भिर घाईते हुनुभएको थियो।

उहाको निधन भएको भन्ने जानकारी नलगाड नगरपालिका वडा नं २ का वडाध्यक्ष पुर्ण बहादुर खत्रीले जानकारी दिनुभयो।

सिंह गत बर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भई निर्वाचित हुनु भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय