कालीगण्डकीमा जिप दुर्घटना थप जानकारी : घाइते विवरण सहित

२०८० कार्तिक २७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रभा पाण्डेय
स्याङ्जा, २७ कार्तिक । बुटवल देखि कारीकोट आउदै गरेको ग १ ज ७६०४ नम्बरको जिप स्याङ्जाको कालीगण्डकी १ प्युँघा मा कालिका मन्दिर नजिकै दुर्घटना हुँदा चालक सहित ८ जना घाइते भएका छन् ।

उकालोमा जिप ब्याक हुँदा हिजो साझ करिब ६:३० बजे दुर्घटना भएको प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावलसिंह लामाले जानकारी दिनुभयो । घाइते सबैको अवस्था सामान्य रहेको र सबै घाइतेको मिर्मी स्थित कालीगण्डकी अस्पतालमा उपचार भैइरहेको उहाँले जानकारी दिनुभयो ।

हुनेमा स्याङ्जा कालिगण्डकी गा.पा. १ बस्ने बर्ष ५२ की अति कुमारी गाहा ,दाहिने हातमा सामान्य चोट, कालिगण्डकी अस्पताल मिर्मिमा उपचार भईरहेको छ । नवलपरासी सुनवल न.पा. १० किर्तिपुर बस्ने बर्ष २० की अन्जना रेश्मी,बाँया गालामा सामान्य चोट, हातमा भित्री चोट, कालिगण्डकी अस्पताल मिर्मिमा उपचार भईरहेको छ । स्याङ्जा कालिगण्डकी गा.पा. १ बस्ने बर्ष ३७ की जमुना रेश्मी, दाहिने गालामा सामन्य चोट, कालिगण्डकी अस्पताल मिर्मिमा उपचार भईरहेको छ । स्याङ्जा कालिगण्डकी गा.पा. १ बस्ने बर्ष २४ की माया राना, वाय गालामा सामान्य चोट,कालिगण्डकी अस्पताल मिर्मिमा उपचार भईरहेको छ । कपिल्वस्तु बाणगंगा न.पा. १० बस्ने बर्ष ७४ को तुलसीराम गाहा, छातीमा चोट, अवस्था मध्यम, कालिगण्डकी अस्पताल मिर्मिमा उपचार भईरहेको छ । कपिल्वस्तु बाणगंगा न.पा. १० बस्ने बर्ष ७४ की भुमिसरा गाहा, छातीमा भित्री चोट, कालिगण्डकी अस्पताल मिर्मिमा उपचार भईरहेको छ र चालक स्याङ्जा कालिगण्डकी गा.पा. १ करीकोट बस्ने बर्ष अं. २३/२४ को आशिफ पाण्डे, स्थानिय अस्पतालमा सामान्य उपचार पश्चात प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार