स्याङ्जामा अटो पल्टिँदा एकको मृत्यु

२०८० मंसिर २, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई
स्याङ्जा,२ मंसिर । वालिङ् नगरपालिका १ खहरेको भित्री कच्ची सडकमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सनिवार करिब दिउँसो करिब ४:२० बजे रामबाच्छाबाट खहरे तर्फ जादै गरेको लु १ ह ३६८६ नं.को अटो अनियन्त्रित भई सडकमा नै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावलसिंह लामाले जानकारी दिनुभयो ।

दुर्घटना परि मृत्यु हुनेमा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका १० कान्छीबजार बस्ने ओम बहादुर लम्साल क्षेत्रीको छोरी १६ महिना की कायरा क्षेत्री रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते क्षेत्रीको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा मृत घोषणा गरिएको थियो । चार जना सवार रहेको अटोमा अन्यलाई भने केही नभएको प्रहरीले जनाएको छ । अटो चालकलाई प्रहरी नियन्त्रणमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय