नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना छैन : विप्लव

२०८० मंसिर २, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले ४७ सालको संविधान व्युतिने कुनै संभावना नरहको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित ध्रुविकरण कार्यक्रममा विप्लवले नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको र अहिलेको निकास ४७ सालको संविधान नभएको जिकिर गर्नुभयो ।

उहाले अव देश बचाउने जिम्मा अरुले नलिने भए नेपाल कम्युनिष्ट पार्टीले देश बचाउने जिम्मा लिने जिकिर गर्नुभयो । त्यस्तै उहाले नेपाली जनतालाई समाजवादतर्फ लैजाने नेतृत्व समेत आफ्नो पार्टीले गर्ने दावी गर्नुभयो ।

त्यस्तै विप्लवले सामाजिक सञ्जालको प्रतिबन्ध निरंकुश व्यवस्थाको चरित्र भएको भएको भन्दै जनताको मुख थुनेर शासन गर्न नसकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय