रोजगारी दिने प्रलोभन देखाई ठगी गरेको आरोपमा युएईबाट एक पक्राउ ,आरोपीलाई नेपाल ल्याइयो

२०८० पुष १, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं , १ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा ठगी गरेको आरोपमा युएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याएको छ।

सर्लाही साविक जानकीनगर गाविस-७ का कोमलराज उपाध्यायलाई पक्राउ गरेर नेपाल ल्याइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयाे। उहाँका अनुसार ठगी आरोपमा अदालतबाट निजविरुद्ध पक्राउ पूर्जी जारी भएकाले युएईमा पक्राउ गरेर सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ शुक्रबार नेपाल फिर्ता ल्याइएको हो।

उहाँविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोमा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट विसं २०७९ वैशाख २७ गते रेड नोटिस जारी भएको प्रवक्ता तथा प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयाे। उहाँले भन्नुभयाे, सेक्युरिटीमा आकर्षक तलब र सुविधासहितको रोजगारी दिने प्रलोभन देखाई भिजिट भिसामार्फत् दुबई बोलाएको तथा रोजगारीको लागि भन्दै आफूहरूबाट रकम लिएको तर बमोजिम रोजगारीमा नलगाई ठगी गरेको भन्दै ५१ जना पीडितले उहाँविरुद्ध जाहेरी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय