गल्याङको ५ जोगिमारामा सुन्तला बोकेको जिप दुर्घटना ,एक घाइते

२०८० पुष ५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युबराज सुबेदी
स्याङ्जा, ५ पौष । स्याङ्जाको गल्याङ नगरपालिका ५ मा सुन्तला बोकेको जिप दुर्घटना हुदा जिपमा सवार दुई जना मध्ये एक जना घाइते भएका छन।

बुधबार दिउसको १२:३० बजे,सुन्तला बोकेर जोगिमारा बाट सेतिबेणी तर्फ जादै गरेको लु ३ च ४०५३ नम्बरको बोलेरो जिप ओरालोमा ब्रेक फेल भएर बाटोबाट अनियंत्रित भइ करिब २०० मिटर तल खसेको थियो।

घाइते हुनेमा गुल्मी जिल्ला मालिका गाउपालिका ८ बस्ने ३९ बर्षिय चन्द्र बहादुर रखाली रहेको पिडिखोला प्रहरी चौकी इन्चार्ज असइ सन्त कुमार श्रेष्ठले बताउनु भयो ।
घाइतेको अवस्था गम्भीर भएकाले पर्वत अस्पतालमा पठाइएको श्रेष्ठले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय