कल्याणकारी कोषमा रहेको रकम श्रमिकको हित बिपरित खर्च नगर्न रिटर्नीको ध्यानाकर्षण

२०८० पुष ५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

काठमाडौ,५ पुस । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मर्मत सम्भारको लागि वैदेशिक रोजगार बोर्डले संचालन गर्ने कल्याणकारी कोषमा रहेको रकम खर्च गर्ने बिसयमा रिटर्नीहले आपत्ति जनाएका छन् । श्रमिकको हक हितको लागि प्रयोग गरिनुपर्ने रकम व्यवसायीक प्रयोजनमा खर्च गरिने निर्णय आपत्ती जनक भएको भन्दै बुधबार रिटर्नीहरूले वैदेशिक रोजगार रोजगार बोर्डको कार्यालय पुगेर ध्यानाकर्षण गरेका हुन् ।

रिटर्नी फेडेरेसन नेपालको अगुवाइमा पुगेका रिटर्नीहरूले बोर्डका कार्यकारी डाक्टर द्वारिका उप्रेतीलाई कल्याणकारी कोषको रकम श्रमिकको हित विपरीत प्रयोग नगर्न ध्यानाकर्षण पत्र बुझाएको हो ।

पत्र बुझाउदै फेडेरेसनमा अध्यक्ष उत्तम अधिकारीले वैदेशिक रोजगारीमा रहेका नेपालीको हकहितमा खर्च गरिनुपर्ने रकम व्यवसायीक प्रयोजनमा खर्च गर्न लागिएको भन्दै यो रोक्नका लागि ध्यानाकर्षण गरिएको बताउनुभयाे । उहाँले भन्नुभयाे ‘श्रमिकको हितको लागि मात्र खर्च गर्नुपर्ने रकम सिस्टम मर्मतको नाममा १० करोड खर्च लागिएको छ । यो निर्णय तत्काल फिर्ता हुनुपर्छ । श्रमिकको हितमा खर्च गर्नुपर्ने रकम कुनै पनि बहानामा अन्यन्त्र खर्च पाइदैन ।’

हालै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा वैदेशिक रोजगार विभागको सफ्टवेयर खरिद वा अद्यावधिक गर्ने नाममा १० करोड रूपैयाँ कोषबाट खर्च गर्ने निर्णय भएको थियो ।

वैदेशिक रोजगारीमा रहेका र फर्केका श्रमिकका निम्ति मात्र खर्च गरिने कल्याणकारी कोषको रकम अन्यत्र खर्च गर्न लागिएपछि यसको बिरोध हुदै आको छ । श्रमिकसम्बन्धी विभिन्न निकायले वैदेशिक रोजगार विभागको सफ्टवेयर खरिद वा अद्यावधिक गर्ने नाममा १० करोड रूपैयाँ कोषबाट खर्च गर्ने भएपछि त्यसबारे प्रश्न समेत उठाएका छन् ।

कल्याणकारी कोषमा जम्मा भएको रकम वैदेशिक रोजगारीका क्रममा श्रमिकको मृत्यु भए, बिरामी तथा अंगभंग र स्वास्थ्य उपचार तथा अन्य कार्यमा आर्थिक सहायताका लागि प्रदान गर्नुपर्ने कानुनी व्यवस्था छ । तर उक्त व्यवस्थाविपरीत विभागको सफ्टवेयरमा खर्च गर्नुलाई कोषको रकम दुरूपयोगका रूपमा लिइएको छ । पुरानो सफ्टवेयरद्वारा काम गर्नुपरेको हुँदा धेरै बन्द हुने भएकाले बलियो तथा नयाँ भर्जनको सफ्टवेयर हाल्ने निर्णय भएको बोर्डका कार्यकारी डाक्टर द्वारिका उप्रेती बताए ।वैदेशिक रोजगार ऐनको दफा ३२ मा वैदेशिक रोजगारीमा गएका तथा वैदेशिक रोजगारबाट फर्किआएका कामदार तथा परिवारको सामाजिक सुरक्षा तथा कल्याणका लागि कोषको स्थापना गरिएको उल्लेख छ ।

वैदेशिक रोजगार कल्याणकारी कोषसम्बन्धी व्यवस्था गरेको वैदेशिक रोजगार ऐन, २०७६ को दफा ३३ मा कोषको रकम नितान्त श्रमिकका लागि मात्रै खर्च गरिने स्पष्ट व्यवस्था छ ।

बोर्डको कल्याणकारी कोषले हालसम्म ५ अर्ब ५१ करोड २९ लाख ६० हजार ३१७ रूपैयाँ विभिन्न सहायता शीर्षकमा खर्च गरेको छ । त्यसबाट बाँकी रकम हाल वैदेशिक रोजगारीमा रहेका श्रमिकको कल्याणकारी कोषमा ५ अर्ब ३५ करोडभन्दा बढी छ । त्यही बाँकी बाट १० करोड रूपैयाँ विभागको सफ्टवेयरलाई खर्च गर्ने निर्णय गरिएको हो ।

हालसम्म वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १२ हजार ७३० जना कामदारका परिवारलाई बोर्डको कल्याणकारी कोषबाट ४ अर्ब ९३ करोड ६६ लाख ६९ हजार रूपैयाँ प्रदान गरिएको छ ।

वैदेशिक रोजगारमा जाने कामदारको मृत्यु, छात्रवृत्ति, अंगभंग बिरामीको अवस्था हेरेर बोर्डले कल्याणकारी कोषबाट आर्थिक सहायता प्रदान गर्ने गरेको छ । हालसम्म बिरामी तथा अंगभंग भएका कामदारलाई ६५ करोड १३ लाख ६५ हजार ३ सय १७ रूपैयाँ बोर्डले कल्याणकारी कोषबाट खर्च गरेको छ ।

 

यस्तो छ, ज्ञापन पत्र

बिषय स् कल्याणकारी कोषको रकमश्रमिकको हितविपरित प्रयोग नगर्न ध्यानाकर्षण गराईएको ।

प्रस्तूत बिषयमा वैदेशिक रोजगार विभागअन्तर्गत् संचालन भैरहेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली ९फेमिस० मर्मत सम्भारको लागि बैदेशिक रोजगार बोर्डले संचालन गर्ने कल्याणकारी कोषमा रहेको रकमखर्च गर्ने गरी स्वीकृत गरिएकोव्यहोरा विभिन्नसंचारमाध्यममाप्रकाशित सामाग्रीबाटजानकारी प्राप्तभयो ।

यो कोषमा रहेको अधिकांश रकम वैदेशिक रोजगारमागएकाव्यक्तिले जम्मा गरेको रकमहो । देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका वैदेशिक रोजगारमाजाने व्यक्तिले जम्मा गरेको कल्याणकारी कोषको रकमसम्बन्धितव्यक्ति,उनीहरुकापरिवारतथा वैदेशिक रोजगारबाट फर्केका कामदारको हितमामात्रखर्चगरिने वैदेशिक रोजगार ऐन, २०६४ ९संशोधित २०७६ समेत० को धारा ३३ मा स्पष्ट व्यवस्था रहेकोछ ।यस विपरीतकाअन्यशीर्षकमाखर्च गरिने गरी निर्णय गरिनुकानुनतःनमिल्ने देखिन्छ । अर्कोतर्फ सिस्टम मर्मत प्रयोजनको लागिमात्र १० करोड ९दश करोड० रुपैया विनियोजन गरिनु अस्वभाविकत छँदैद्ध, साथै यो क्षेत्र कल्याणकारी नभै व्यवसायिकविकासको शीर्षकमा पर्ने समेत देखिन्छ ।

वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २५ को उपनियम ९२० माउल्लेखितमुद्धति खातामाजम्माभएको रकमबाट प्राप्तभएको रकमको पच्चिस प्रतिशतव्यवसाय प्रवद्र्धन गर्न पाउने अख्तियारी विभागलाई प्राप्तछ ।उक्त रकमखर्च गर्न सक्ने अवस्थाविद्यमानहुँदाहुँदै नियममिचेर श्रमिकको कल्याणकारी क्षेत्रमामात्रखर्च गर्न मिल्ने कोषको रकमवैदेशिक रोजगार व्यवसायकोव्यवस्थापनपक्षमाखर्च गरिनु सर्वथाअनुचिततथासम्बन्धितसरोकारवालाप्रतिगरिएको कुठाराघात हो ।

यस समबन्धमामहालेखा परीक्षकको ५४ औं प्रतिवेदनमाकल्याणकारी कोषको रकम दूरुपयोग भएको औंल्याइएको व्यहोरा तथाअख्तियार दुरुपयोग अनुसन्धानआयोगले कोषको रकमविदेश भ्रमणमा खर्च गरिएकोमा सम्बन्धितपक्षसँग जरीवानाअसुल उपर गर्न लेखिएको २०७३ कार्तिक २९ गतेको निर्णय समेत स्मरण गराउन चाहन्छौं ।

अतःकुनैपनिबाहानामाश्रमिकको हितमाखर्च गरिनुपर्ने रकमअन्यत्रखर्च गरिने प्रवृत्ति र प्रचलनको रिटर्नी फेडेरेसन नेपालघोर भत्र्सना गर्दछ । साथै देशको अर्थतन्त्रको प्रमुख टेवाको रुपमा रहेकावैदेशिकरोजगारीमागएकाश्रमिकले तिरेको रकमदुरुपयोग नगर्न संबन्धितपक्षको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छ ।

वैदेशिक रोजगारबाट फर्केकाश्रमिकहरुको हितमा ऐन, कानुनतथा सरकारी संरचनायथाशक्यनिर्माण गरी रिटर्नीहरुको आर्थिक, सामाजिकतथा राजनैतिक समायोजन मार्फत् उनीहरुको ज्ञान, सीप, पूँजी र प्रविधिको प्रयोग गरी देशको आर्थिक विकासमा योगदान पुर्याउने पक्षमाकार्य गर्नतथायस्तो कार्यक्रमको तयारी तथालागू गर्न सम्बन्धित सरोकारवालाहरुसँग समेत परामर्श गर्न फेडेरेसन जोडदार मागगर्दछ ।

उत्तम अधिकारी अध्यक्ष

रिटर्नी फेडेरेसन नेपाल

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय