कालीगण्डकी गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न

२०८० पुष ५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

निशान भट्टराई
स्याङ्जा,५ पुस । नेपाल रेडक्रस सोसाइटी कृष्णगण्डकी उपशाखा मिर्मी स्याङ्जाको आयोजना एवम् जिल्ला रेडक्रस सोसाइटी स्याङ्जाको प्राविधिक सहयोगमा कालीगण्डकी गाउँ पालिका-०७ मिर्मीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ‌।

मानव सेवामा अग्र पङ्तीमा रहेर काम गर्दै आएको नेपाल रेडक्रस सोसाइटीको कृष्णगण्डकी उपशाखा मिर्मीको आयोजना संचालित उक्त कार्यक्रममा २६ जनाले रक्तदान गर्नु भएको थियो। रक्तदान जीवनदानू भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रम कालीगण्डकी -७ मिर्मीस्थित मिर्मी बहुमुखी क्याम्पसमा संचालन गरिएको थियो।

कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी कृष्णगण्डकी उपशाखाका अध्यक्ष नारायण प्रसाद भट्टराई तथा प्रमुख आतिथ्यता कालीगण्डकी गाउ पालिकाकि उपाध्यक्ष सावित्रा कोइराला गर्नुभएको थियो।साथै नेपाल रेडक्रस सोसाइटीका मन्त्री रामचन्द्र अर्याल , कालीगण्डकी गाउँ पालिका-०७का वडाध्यक्ष उम प्रकाश भट्टराईले कार्यक्रममा विशिष्ट आतिथ्यमा ग्रहण गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय