युबराज सुबेदी
स्याङ्जा,७ पौष । स्याङ्जाको गल्याङ नगरपालिकाले गाउँ गाउँमा पुगेर नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण गरेको छ ।
शुक्रबार नगरपालिकाले वडा नं. ६ पिडिखोलामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर नागरिकका स्वास्थ्यसम्बन्धी समस्या गाउँमा नै समाधान गरेको थियो । सामान्य समस्याको उपचारका लागि टाढा जानुपर्ने बाध्यतालाई कम गर्न गाउँमा नै शिविर सञ्चालन गर्न लागेको गल्याङ नगरपालिकाका नगरप्रमुख गुरु प्रसाद भट्टराईले बताउनुभयो ।
नगरप्रमुख भट्टराईले भन्नुभयो, नागरिकलाई सहज होस्, गल्याङ ६ को पिडिखोलाबाट उपचारका लागि गल्याङ,पाल्पा,पोखरा जान नपरोस् भनेर स्वास्थयकर्मीसहितको टोली गाउँमा नै पुगेर सेवा दिएको बताउनुभयो ।
शिविरका कारण नागरिकलाई गाउँमा नै उपचार गर्ने अवसर प्राप्त हुने र कतिपय उपचार गर्न नसक्ने ब्याक्तीहरु लाई बिशेष प्राथमिकतामा राखेर शिबिर संचालन गरेको नगरप्रमुख भट्टराईले बताउनुभयो ।
केही महिना अघि मात्रै नगरपालिकाले वडामा कृषि प्राबिधिक सहितको टोलि आएर कृषक संग कृषि प्राबिधिक कार्यक्रम संचालन गरेको थियो। कृषि संग प्राबिधिक कार्यक्रममा किसानहरुको उत्साहजनक सहभागिता रहेको भन्दै नगरप्रमुख भट्टराईले नागरिकको माग र आवश्यकताका आधारमा निस्शुल्क स्वास्थ्य शिविर संचालन गरेको बताउनुभयो ।
शिविरमा पाठेघर क्यान्सर स्कृनिङ १४९ जना,स्तन क्यान्सर स्कृनिङ ९८ जना , आङ खस्ने समस्यालाई रीङ पेसरी ४ जना , भिडियो एक्सरे ६७ जना तथा चिकित्सक बाट बिरामी उपचार २५१ जना को गरि जम्मा ४६९ जना बिमारिले सेवा लिनुभएको अध्यक्ष गुरुङले बताउनु भयो।