काठमाडौँ, १७ पुस । रिटर्नी फेडेरेसनले आफ्ने तेश्रो स्थापना दिवस विभिन्न कार्यक्रम गरी सप्ताहव्यापी रुपमा मनाएको छ । नेकपा (एमाले)को जनसंगठनको रुपमा फेडेरेसन २०७८ साल पौष १६ गते स्थापना भएको थियो । आफ्नो स्थापना दिवसको अवसरमा फेडेरेसनले पौष १६ गते केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी दुवै मृगौलाले काम नगर्ने भएर उपचाररत सदस्य हरि बहादुर खत्रीलाई आर्थिक सहयोग गरेको हो ।
खत्री फेडेरेसनको केन्द्रीय कमिटी सदस्य हुन् । उनी लामो समय कतारमा काम गरी फर्केका हुन् । बिगत केहि महिनादेखि खत्रीको दुवै मृगौलाले काम नगरी हाल उनी डायलाइसिस गराईरहेको पत्नी मेनुका खत्रीले कार्यक्रममा जानकारी गराईन् । परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको र सहयोगीहरुको सहयोग विना खत्रीको उपचार सम्भव नरहेकोले फेडेरेसनले केन्द्रीय सचिव कृष्ण प्रसाद घोरासैनीको संयोजकत्वमा आर्थिक सहयोग संकलनका लागि संयोजन कमिटी गठन गरेको थियो । उक्त कमिटीले आन्तरिक समन्वय मार्फत संकलन गरेको रु. ७२,८२५/ फेडेरेसनका अध्यक्ष उत्तम अधिकारीले उपचार सहयोगको लागि हस्तान्तरण गरेका हुन् ।
आर्थिक सहयोग ग्रहण गर्दै उपचाररत खत्रीकी पत्नी मेनुकाले आफ्नो पतीको जीवन रक्षाका लागि फेडेरेसनले गरेको सहयोगप्रति कृतज्ञता जाहेर गरेकी थिइन् । खत्रीको उपचार प्रक्रिया लामो समयसम्म चल्ने र आफ्नो घरायसी आर्थिक अवस्था दयनिय रहेकाले सहयोगदाताहरुलाई खत्रीको जीवन रक्षार्थ आफ्नो परिवारसंग जोडिईरहन उनले याचना गरेकी छिन् । खत्री यतिवेला हिड्डुल गर्न सक्ने अवस्थामा नरहेका कारण पत्नी मेनुकाले सहयोग बुझिलिएकी हुन् ।
सहयोग हस्तान्तरणका क्रममा अध्यक्ष अधिकारीले खत्रीको स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सहयोग गर्ने संगठनका सबै सहयोगदाताहरुलाई धन्यवाद दिए । यो सहयोगले सदस्यलाई अप्ठ्यारो परेका वेला संगठन साथमा छ भन्ने आत्मविश्वास जागृत गराउन सफल भएको उनले बताए । उक्त सहयोग संकलन संयोजन कमिटीमा घोरासैनीलाई केन्द्रीय सदस्यद्वय रामनाथ भण्डारी र अन्जु केसी तथा आर्थिक विभाग सदस्यद्वय ओम चेम्जोङ र अजिता ठकुरीले साथ दिएका थिए । कार्यक्रममा केन्द्रीय उपाध्यक्षहरु विनोद प्रसाद भट्टराई , शालिकग्राम वसेल, काजी बहादुर थापा, महासचिव जेपी सापकोटा, सविच नवराज श्रेष्ठ, कोषाध्यक्ष जितेन्द्र बानिया, स्थायी कमिटी सदस्य शुवेक्षा मेयाङ्वो, आर्थिक विभाग सदस्य ओम चेम्जोङ लगायतको उपस्थिति रहेको थियो ।