रिटर्नी फेडेरेसनको रक्तदान कार्यक्रम सम्पन्न

२०८० पुष १८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, १८ पुस। रिटर्नी फेडेरेसन नेपालले काठमाण्डौको चावहिलमा आयोजना गरेको रक्तदान कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको छ ।
फेडेरेसनले तेश्रो स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने क्रममा अन्तराष्ट्रिय नेपाली रक्तदाता संघसंगको सहकार्यमा पौष १४ गते शनिवार रक्तदान कार्यक्रम आयोजना गरेको हो । फेडेरेसनका उपाध्यक्ष बिनोद प्रसाद भट्टराईको संयोजनमा आयोजना भएको उक्त कार्यक्रममा ४३ जना रक्तदाताले रक्तदान गरेका छन् । अत्यन्त चिसो मौसमका बावजुद विहान ९ बजे शुरु भएको कार्यक्रममा रक्तदान गर्न रक्तदाताहरु उत्साहित देखिएका थिए ।

फेडेरेसनका अध्यक्ष उत्तम अधिकारीले रक्तदान गरेरे शुरुवात भएको कार्यक्रममा उपाध्यक्ष शालिकग्राम वसेल, सचिव नवराज श्रेष्ठ, गण्डकी प्रदेश अध्यक्ष प्रमिला बराल, संस्थापक महासचिव लक्ष्मी प्रसाद आचार्य लगायत केन्द्र, प्रदेश तथा जिल्लास्तरका पदाधिकारी तथा सदस्यहरुले हर्षोल्लासपूर्वक रक्तदान गरे । कार्यक्रममा ६ जनाले पहिलो पटक रक्तदान गरेका थिए ।

रक्तदाताहरुलाई संयोजक भट्टराई, केन्द्रीय रक्तसंचार केन्द्रकी निवर्तमान कार्यकारी निर्देशक डा. मनिता राजकर्णिकार, अन्तराष्ट्रिय नेपाली रक्तदाता संघका महासचिव राहुल रेग्मीले प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा ललितपुरस्थित स्टार हस्पिटलले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

फेडेरेसनले आफ्नो स्थापना दिवसको अवसरमा यस अघि पनि रक्तदान कार्यक्रम आयोजना गरेको थियो । रक्तदानलाई मानव सेवा कल्याण अन्तर्गत राखेको फेडेरेसनले प्राथमिकताका साथ यसलाई निरन्तरता दिने बताएको छ । फेडेरेसन २०७८ साल पौष १६ गते स्थापना भएको संगठन हो । बैदेशिक रोजगार, अध्ययन वा पेशा व्यवशाय गरी स्वदेश फर्केकाहरु यसको सदस्य रहने बैधानिक प्रवाधान छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय