जिमुहामा स्वास्थ्य घुम्ती शिविर

२०८० पुष २८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

लक्ष्मी ढकाल
स्याङ्जा २८,पौष । गल्याङ नगरपालिकाको आयोजनामा गल्याङ नगरपालिका वडा नं ११ स्थित जिमुहा आधारभूत स्वास्थ्य केन्द्रमा एकिकृत स्वास्थ्य सेवा सम्पन्न भएको छ ।

नगरका नागरिकलाई स्वास्थ्य बनाउने अभियान अन्तर्गत नगरपालिका भरी थालिएको कार्यक्रम पौष २७ गते जिमुहामा गरिएको हो । उक्त शिविरमा स्तन क्यान्सरको जाच,पाठेघरको क्यान्सर जाँच,परिवार नियोजनको अस्थायी साधन IMPLANT र IUCD सेवा, रिङ पेसरी, भिडियो X-Ray लगायत का सेवाहरु प्रदान गरिएको थियो।

गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कायक्रममा नगर उपप्रमुख हेमा न्यौपाने, वडा नं २ का वडा वडा अध्यक्ष खर्ग बहादुर थापा,वडा नम्बर ८ का वडा अध्यक्ष झिम बहादुर थापा, वडा नम्बर ९ का वडा अध्यक्ष नामदेव खनाल,वडा सदस्यहरु,कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता वडा नम्बर ११ का वडा अध्यक्ष दल बहादुर सिङजाली र सन्चालन स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद ओलिले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय