विराटनगर ,२४ माघ। नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले लघुवित्त वित्तीय संस्थाको सेवालाई अझ प्रभावकारी बनाउन आग्रह गर्नूुभएको छ । लघुवित्त ६० लाख महिलासँग जोडिएको भन्दै यो देशका लागि आवश्यक भएको कोइरालाले बताउनुुभयो ।
गरिब भन्दा गरिब व्यक्तिले यसमा पहुँच पाउँछन्,’ उहाँले भन्नुुभयो, ‘त्यसलाई अझ बढी प्रभावकारी बनाउनुपर्छ ।’
‘कल्पना गरौँ आज लघुवित्त नभएको भए ती ६० लाख मानिस के गर्थे, कसरी बस्थे ?’ आठ वटा वित्तीय संस्थाले मंगलबार विराटनगरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै डा। कोइरालाले भन्नुुभयो, ‘लघुवित्त यो देशमा चाहिन्छ भन्ने मान्यता राखेर अगाडि बढ्नुपर्छ ।’