स्याङ्जा उवासंघको निर्वाचन विवाद ,निर्वाचित सदस्य नै संघको अबैध साधारण सदस्य

२०८० माघ २४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रकाश डोटेल
स्याङ्जा, २४ माघ ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचनमा निर्वाचित एक सदस्यले संघको साधारण सदस्यता प्राप्त गर्दा अबैध र गैरकानूनी तबरबाट सदस्यता लिएको भेटिएको छ । संघको निर्वाचनमा अबैध सदस्यहरुको सहभागिता रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि उनको सदस्यता अबैध रहेको फेला परेको हो ।

संघको माघ ५ गते साधारण सभा उद्घाटन भएर १६ गते सम्पन्न १६ औं जिल्ला अधिबेशनबाट निर्वाचत सदस्य छायाँदत्त सापकोटाले सदस्यता लिने प्रक्रिया अबैध तबरबाट लिएको भेटिएको छ । सदस्यता लिने प्रक्रिया पुरा नगरेका सापकोटा निर्वाचनमा सदस्य पदमा निर्वाचित भएका छन् ।

निर्वाचित सदस्य सापकोटाले २०८० श्रावण ३२ गते संघको तथ्याङ्कमा ५२५ नं. को रसिदबाट १ हजार शुल्क बुझाएर सदस्यता लिएको देखिन्छ । श्रोतले उपलब्ध गराएको करदाता सेवा कार्यालय स्याङ्जाको अनलाईन पोटलमा सदस्य सापकोटाको नाममा ‘परिचित एण्ड प्रकृत किनारा पसल’ को पान नं. ६२०५२५५१८ भने २०८० असोज २१ गते क्रियाशिल भएको देखिन्छ ।

“मतदाता नामावलीमा समाबेश भएको ५८६ मध्ये झण्डै २ सय बढिको सदस्यता यस्तै अबैध छ ।” नाम उल्लेख नगर्ने शर्तमा श्रोत भन्यो, “अध्यक्ष सहित पदाधिकारी र सदस्यमा निर्वाचित र मतदातामा नामावली हुनेहरुको सदस्यता बैध र अबैधका बारेमा खोजि भईरहेको छ ।”

उजुरी दिने प्रक्रिया र सदस्यता बैध वा अबैध हो ? यसको खोजि निर्वाचन पूर्व खोजिनु पर्नेमा स्थानीय व्यवसायीले जिकिर गरे । निर्वाचन प्रतिस्पार्धामा सहभागि भएपछि हार्नेले हारको मानसिकताबाट उजुरी गरेको बुझिन्छ, त्यी व्यवसायीले भने ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको उजुरीको निष्पक्ष छानबिन हुनेमा स्थानीय व्यवसायी ढुक्क छन् । निर्वाचन सकिएपछि उजुरी दिनु हुदैन थियो, उजुरी दर्ता भएपछि सत्य बाहिर आउनु आवश्यक गरेको उनीहरुको भनाई छ । उजुरीका बारेमा तत्काल छुङ्गोमा पु¥याउने उनीहरुले स्थानीय प्रशासनसँग आग्रह गरे ।

उता उजुरी प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयले छानबिन प्रक्रियालाई अगाडी बढाएको छ । प्रशासनले पत्र काट्दै निर्वाचित समितिलाई सदस्यता प्रदानको प्रक्रिया र निर्वाचन समितिलाई निर्वाचनमा प्रयोग भएका कागजात पेश गर्न निर्देशनात्मक पत्र पठाएको छ । प्रशासनले माघ २५ गते हुने सपथ ग्रहण नरोक्न तर दुरगामीका महत्वपूर्ण निर्णय नलिन समितिलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय