समयमा नै सम्पन्न नहुदा बाह्य ऋण बढ्दै गएको छ : अर्थमन्त्री महत

२०८० माघ २६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २६ माघ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आयोजनाहरु समयमा नै सम्पन्न नहुदा बाह्य ऋण बढ्दै गएको बताउनुभएको छ ।

मेनेजमेन्ट एसोसिएसन अफ नेपालले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री महतले आयोजनाहरु ठिक ढंगले अघि नबढ्दा बाह्य ऋण बढ्दै गएको बताउनुभएको हो ।

उहाले पुँजीगत खर्चलाई अनुशासनमा ल्याउने काम गरेको, बहुबर्षिय ठेक्काको समस्या समाधान गर्ने गरि अघि बढेको जानकारी दिनुभयो । उहाले उदारका साथ स्रोत र साधनलाई मध्यनजर नगरि सामाजिक सुरक्षाका क्षेत्रमा धेरै प्रतिवद्धता गरेको निश्चित दायित्व ठूलो हुन पुगेको धारणा राख्नुभयो ।

निश्चित दायित्व बढ्दा आन्तरिक स्रोत र साधनले सम्बोधन गर्न कठिन भएकाले आन्तरिक ऋण बढेको उहाले बताउनुभयो । अर्थमन्त्री महतले लगानी क्षेत्रलाई बढाउनका लागि कानूनी सुधार लगाएत संरचनात्मक सुधारहरु लगानी सम्मेलन अघि नै गर्ने धारणा राख्नुभयो ।

उहाले आगामी जुनको तेश्रो हप्तामा विश्व बैंकको बैठक नेपालमा आयोजना गर्न सहमति जनाएको र अव त्यसको पनि तयारी गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय