आज एमालेको सचिवालय बैठक बस्दै

२०८० फाल्गुन ३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,३ फागुन । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो ।

बैठकमा समसायिक राजनीति र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल हुने उहाँले बताउनुभयो ।

एमाले यही फागुन १० गतेदेखि १३ गतेसम्म केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार